२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


उम्मेदवार छनोटमा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताऔं : नेता सिटौला


1.001k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा उम्मेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाँती राखेर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा मनोनयन दर्ता गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कांग्रेसलै राष्ट्रिय सभा उम्मेदवार छनोट गरेको बारेमा आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उम्मेदवार जिताउन लाग्नुपर्ने बताउनुभयो ।

सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।