
काठमाडौं । आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट ६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच राष्ट्रिय सभाका ३ सिटमा १÷१ सिट लिने गरी भागबण्डा भएको छ ।
तीन दलिय गठवन्धनबाट उम्मेदवार बनेका काँग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु बिकले मनोनयन दर्ता गराउनुभएको हो ।
महिलाततर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार हुनुहुन् । यसैबीच नेकपा एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराइसकेको छ । एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि हुम्लाबाट विमलाकुमारी शाही, दैलेखबाट हिक्मत बिक र मुगुबाट डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराउनुभयो ।
कर्णालीमा कुल मतदाता संख्या १ सय ९६ रहेको छ भने कुल मतभार ५ हजार ८४ रहेको छ । जसमा प्रदेश सभा सदस्यहरुको २ हजार १ सय २० र स्थानिय तहका जनप्रतिनिधिको २ हजार ९ सय ६४ रहेको छ ।
जसमा नेकपा एमालेको १ हजार १ सय मतभार रहेको छ भने गठबन्धन दलको ३ हजार ९ सय ८४ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्