१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


क्यानाडाको टोरोन्टो विश्वविद्यालयमा नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन हुँदै


9.204k
Shares

काठमाडौं । क्यानाडाको टोरोन्टो विश्वविद्यालयले दोस्रो पटक नेपालभाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागेको छ ।

विश्वविद्यालयले सञ्चालन गर्न लागेको टोरोन्टो नेवार समर स्कुलमा यस वर्ष नेपाल भाषाको आधारभूत वार्तालाभ, आधुनिक नेपालभाषा साहित्य र पुरानो क्लासिकल नेपालभाषा प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयको बौद्ध अध्ययन केन्द्रको आयोजनामा हुन लागेको कक्षा अंग्रेजी महिना मे २७ बाट सुरु हुने छ । कक्षामा सहभागी विश्वभर निवेदन आह्वान समेत गरेको छ । बौद्ध अध्ययन केन्द्रका प्रमुख प्रा.डा. क्रिस्टोफ इमिरिक, मानवशास्त्री डा. बालगोपाल श्रेष्ठ, बौद्ध विद्धान इयान टर्नरपिस र साहित्यकार श्रीलक्ष्मी श्रेष्ठ लगायतले कक्षा संचालन गर्ने जनाएको छ ।

मानवसास्त्री श्रेष्ठले नेपालभाषाको विशिष्किृत अध्ययन अनुुन्धानको लागि विश्वविद्यालयले सन् २०२३ देखि यस्तो कक्षा सञ्चालन गर्दे आएको जानकारी दिनुभयो । विश्वविद्यालयलमा बौद्ध धर्म र भाषा विज्ञानको पढाई हुँदै आएको छ ।