२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चिसो बढेपछि दिल्लीका विद्यालयमा जाडोको बिदा बढाइयो


182
Shares

एजेन्सी । दिल्लीको स्थानीय सरकारले चिसो मौसमका कारण प्राथमिक तहसम्मका कक्षाहरूका लागि भारतको राजधानी क्षेत्रका विद्यालयहरूको जाडोको बिदा जनवरी १२ सम्म बढाएको छ ।

नर्सरीदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि चिसो मौसमका कारण दिल्लीका विद्यालयहरूले आगामी ४ दिनका लागि बिदा बढाएका हुन् ।

यस सम्बन्धमा आइतबार दिल्ली सरकारबाट औपचारिक आदेश पनि जारी गरिएको छ । दिल्लीलगायत उत्तर भारतका धेरै राज्यहरूमा शितलहर चलिरहेको छ ।