
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले संघीय निजामति ऐन नआउँदा कर्मचारीहरु उत्साहित भएर काम गर्न नसकेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव सिंहले यस्तो बताउनुभएको हो । उहाँले निजामति कर्मचारी सरुवालाई व्यवस्थित बनाउन मन्त्रालय पूर्णरुपमा सफल हुन नसकेको बताउनुभयो ।
सचिव सिंहले निजामति सेवा ऐनमा २ वर्षमा मात्रै सरुवा गर्ने भन्ने नियम रहेको भएपनि विभिन्न कारणले तोकिएको समयसीमा भन्दा चाँडै सरुवा हुने गरेको बताउनुभयो । उहाँले नीति र कानून स्पष्ट नहुँदा कर्मचारी सरुवालाई व्यवस्थित बनाउन नसकेको बताउनुभयो ।
सचिव सिंहले निजामति सेवा ऐन नबन्दा पुरानै ऐनलाई मिलाएर चल्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्