१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काराबाओ कपमा बोरोद्वारा चेल्सी पराजित


442
Shares

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा चेल्सीलाई मिडिल्सब्रोले १–० ले हराएको छ ।

मिडिल्सब्रोको मैदान रिभरसाइड स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीका हेडन ह्याक्नेले ३७ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

खेलमा चेल्सीले थुप्रै अवसर खेर फालेको थियो । यो हारपछि चेल्सी दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ । दोस्रो लेगको खेल दुई हप्ता पछि चेल्सीको मैदानमा हुनेछ ।

काराबाओ कप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राती लिभरपुल र फुल्हम भिड्नेछन् ।