८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सरकारले कृषिमा ५ प्रतिशत बजेट व्यवस्था गर्नुपर्छ : सभापति राणा


273
Shares

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले यस्तो बताउनुभएको हो । उहाँले कृषिमा किसानहरुले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताउनुभयो ।

सभापति राणाले भारतीय राजदुतावासको सहयोगमा बाँदर व्यवस्थापनको लागि १० जना भेटनरी डाक्टरहरुलाई मास्टर तालिम दिने तयारी रहेको बताउनुभयो ।