
काठमाडौं । सत्तारुढ दल नेकपा(एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरुबाट सुझाव लिने भएको छ ।
एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरु र कार्यकर्ताहरुबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
त्यसका लागि गत केन्द्रिय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । जिल्लाबाट प्राप्त सुझावका आधारमा पुनः अर्को विधान मस्यौदा बनाएर आगामी माघको १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा प्रश्तुत गरिने उहाँले जानकारी दिनुभयो ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई केन्द्रित गराउने निर्णय पनि गरेको छ । निर्वाचनको व्यवस्थापन, प्रचार र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनको निम्ति आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्