
काठमाडौं । जलवायु परिवर्तनले नेपालमा उदीयमान र पुनःउत्पन्न हुने रोगहरुको फैलावटलाई बढाइरहेको चिकित्सकहरुले औल्याएका छन् ।
जलवायु परिवर्तनले स्वास्थ्यमा असर सम्बन्धि कार्यशालाबाट उनीहरुले यस्तो निष्कर्ष निकालेको हुन् । चिकित्सकहरुले न्यूनीकरण र नियन्त्रणको योजना भएपनि जलवायु परिवर्तनले जोखिम उच्च रहेको बताए ।
उनीहरुले यसको लागि आवश्यक एकीकृत रोग निगरानी र प्रतिक्रिया प्रणाली लागु गर्नु पर्ने आवश्यक रहेको बताएका छन् ।
जलवायु परिवर्तनको स्वास्थ्य परिणाम विशेषत संक्रामक रोगहरु, नसर्ने रोगहरु र न्यूरोसेन्सरी प्रणाली लगायत आर्थिक प्रभावहरु, आवश्यक नविन समाधानका कार्यक्रममा सुधार आवश्यक हुनुपर्नेमा उनीहरुको जोड छ ।
विपी आई फाउण्डेशनले जलवायु परिवर्तनका चुनौतिहरुको पहिचान र समाधान खोज्ने प्रतिवद्धता समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्