१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काराबाओ कप फुटबलमा लिभरपुलद्वारा फुल्हम पराजित


182
Shares

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनल पहिलो लेगको खेलमा लिभरपुलले फुल्हमलाई २–१ ले हराएको छ ।

बुधबार राति आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन कर्टिस जोन्स र कोडी ग्याक्पोले एक एक गोल गरे । फुल्हमका लागि विलियनले पहिलो गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले प्रतियोगिताको फाइनलमा पुग्ने संभावना बलियो पारेको छ । दुई हप्तापछि हुने दोस्रो लेगको खेलपछि फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रतियोगिताको अर्को सेमिफाइनल खेलमा चेल्सी र मिडिल्सब्रो भिडिरहेका छन् । पहिलो लेगको खेलमा मिडिल्सब्रोले चेल्सीलाई १–० ले हराएको छ ।