१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले गर्‍यो निलम्बन


598
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।

बलात्कार मुद्दामा जेल सजाय सुनाइएका लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट निलम्बन गरेको क्यानले जनाएको छ ।

काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको आरोपमा दोषी ठहर गर्दै बुधबार ८ वर्षको जेल सजाय तोकेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको हो ।

लामिछानेले २०७९ भाद ५ गते एक युवतीलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध २०७९ भाद्र २१ गते उजुरी परेको थियो ।