
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रस्तुत हुने बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले संक्रमणकालीन न्याय टुंग्याउने सन्दर्भमा अब छिटै नै सहमतिमा पुग्ने आशा बढेको बताउनुभयो ।
मन्त्री गुरुङले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताउनुभयो । उहाँले यसमा सहमति जुटाउन समितिका सदस्यहरु र शिर्ष नेताहरुसँग छलफल गरी टुंगो लगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आगामी अधिवेशनले टिआरसीसँग सम्बन्धित विधेयक सहमतिबाट पेस गरी पारित गर्ने दाबी गर्नुभयो ।
मन्त्री गुरुङले नेकपा एमालेका सचेतक महेश बर्तौलाप्रति लक्षित गर्दै एमालेले साथ दिएपछि सहमतिबाटै पेस हुने टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्