२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा सामान्य गिरावट


156
Shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार बिहीबार घटेको छ ।

बजार परिसूचक नेप्से बिहीबार शून्य दशमलव ६२ अंक घटेर २०८८ दशमलव ९९ विन्दुमा बन्द भएको हो ।

अघिल्ला दिनहरुको तुलनामा बिहीबार कारोबार रकम समेत घटेको छ । बिहीबार ३ सय ७ वटा कम्पनीको २ करोड २१ लाख ३२ हजार कित्ता शेयर ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँमा किनबेच भएको हो ।

बिहीबारको बजारमा आठ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ्ग कम्पनी, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ को शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यस्तै, बिहीबार सर्वाधिक गुमाउनेमा नेपाल एसबिआई बैंक ऋणपत्र परेको छ । कारोबार रकमका आधारमा भने हिमालयन बैंकको संस्थापक शेयर २३ करोड ८५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । यस्तै, नेपाल रिइन्स्योरेन्सको साढे १९ करोडभन्दा बढीको संस्थापक शेयर कारोबार भएको छ भने सोनापुर सिमेन्टको करिब १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

कारोबारमा आएका उपसमूह मध्ये बिहीबार जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५६ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ०४ प्रतिशतले घटेको छ ।