
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सरकारले आत्तिएर नल्याएको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।
मन्त्री शर्माले संशोधन विधेयक प्रधानमन्त्री डराएर वा सरकार आत्तिएर नल्याएको स्पष्ट पार्नुभयो । उहाँले यसमा सहमति खोज्न कुनै गाह्रो नभएको जिकिर गर्नुभयो । उहाँले २०६६ को मुल ऐनले काम नगरेकाले २०७७ को अध्यादेश र २०७९ को अध्यादेश आएको बताउनुभयो ।
मन्त्री शर्माले सरकारले ल्याएको संशोधन विधेयक विगतको भन्दा लोकतान्त्रिक रहेको जिकिर गर्नुभयो । उहाँले अहिले आउँदा अध्यादेशमासहित र मात्रै फरक रहेको बताउनुभयो । संवैधानिक परिषद्मा निर्णय गर्दा अध्यक्षसहितको बहुमत, अध्यक्ष र ५० प्रतिशत भन्ने शब्द मात्रै फरक रहेको बताउनुभयो ।
मन्त्री शर्माले अहिलेका प्रधानमन्त्रीले आफू नै सधैँका लागि प्रधानमन्त्री हुन्छु भन्ने सोचेर अध्यादेश नल्याएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्