
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली शुक्रबार प्रकाशन हुँदैछ ।
माघ ११ गते राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि निर्वाचन हुँदैछ । पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । उनीहरुले आज आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने शनिबार उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाताहरु प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख हुन् ।
प्रतिक्रिया दिनुहोस्