
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटको पेकुवामा बिहीबार राती धारीलो हतियार प्रहार गरि श्रीमानले श्रीमतीको हत्या गरेका छन् । खुकुरी प्रहारबाट मिक्लाजुङ– ३ आरुबोटे पेकुवाकी गोमा फियाकको हत्या भएको हो । सासुआमा र छिमेकी गम्भीर घाइते भएका छन् ।
पारिवारीक समस्या भएपछि मिलाउन बसेका बेला तुम्बेवा–४ को हाङगुमका नरध्वोज कुरुम्बाङ (असफल)ले श्रीमती गोमा फियाकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुमित कुशुवाले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट सासु कान्छीमाया फियाकको अवस्था गम्भिर रहेको र छिमेकी महेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन् । घाइतेको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
हत्यारा फरार रहेको र हत्याराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
५ बर्षअघि पनि सोही स्थान आरुबोटेमा यस्तै प्रकृतिको घटना हुँदा नौँ जनाको हत्या भएको थियो । ज्वाइँले ससुराली र आफन्तको हत्या गरि आत्माहत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्