२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगाको पहिलो पुस्तकालय बन्द हुने अवस्थामा


533
Shares

ओखलढुंगा । ओखलढुंगाको पहिलो पुस्तकालयका रुपमा परिचित सगरमाथा पुस्तकालय पाठक अभावसँगै बन्द हुने अवस्थामा छ ।
इन्टरनेट र प्रविधिको विकाससँगै डेढ दशकयता पुस्तकालय सञ्चालनमा आउन सकेको छैन ।

२०७२ सालक‍ो भुकम्पले पुस्तकालयको भवनमा पूर्ण क्षति भएपछि पुराना दस्तावेज सामग्री र महत्वपूर्ण किताबहरू समेत नष्ट भएका छन् । पुस्तकालयको भवन पुनर्निर्माण समेत हुन सकेको छैन ।

जिल्ला सदरमुकाममा २०२३ सालमा स्थापना भएको यो पुस्तकालय स्रोत अभावमा पुनः सञ्चालनमा ल्याउन नसकिएको पुस्तकालय व्यवस्थापन समिति सदस्य ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो । एकजना कर्मचारी राखेर सञ्चालन गरिँदै आएको पुस्तकालय सहयोग जुट्न छाडेपछि बन्द हुने अवस्थामा पुगेको हो ।

पुस्तकालय सञ्चालनका लागि सरोकारवालाहरुले चासो नदिएको पुस्तकालय सञ्चालकहरु बताउँछन् । अहिले यो पुस्तकालयको जग्गा सिद्धिचरण नगरपालिकालाई हस्तान्तरण गर्ने स्थानीयको तयारी छ ।