२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिन्धुलीमा कन्दमुल बिक्री वितरण शुरु


195
Shares

सिन्धुली । सिन्धुलीको कन्दमुल तरकारी विकास केन्द्रले माघे संक्रान्तिलाई लक्षित गर्दै सर्वसाधरणका लागि कन्दमुल बिक्री वितरण सुरु गरेको छ । तरुल, सकरखण्ड, पिडालु, ओल केसौरलगायतका कन्दमुलहरु केन्द्रले बिक्री गर्न शुरु गरेको हो ।

कन्दमुल तरकारी विकास केन्द्रमा यसवर्ष तरुल र पिडालु प्रतिकिलो ७० रुपैयाँ, सिमलतरुल ६० रुपैयाँमा बिक्री भइरहेको केन्द्रले जनाएको छ ।

नेपाली हावापानीमा पाइने, मानिसले खानहुने तकारीहरुको बीउ संरक्षण र खेती विकास तथा विस्तार गर्नका लागि नेपाल सरकारले स्थापना गरेकोे देशको एक मात्र तरकारी तथा कन्दमुल विकास केन्द्र सिन्धुलीमा कन्दमूलहरुको बीउ संरक्षण र खेती विकासका कामसमेत सञ्चालन भइरहेका छन् ।

केन्द्रमा ओल, घर तरुल, वन तरुल, पिडालु, गिठ्ठा, भ्याक्कुरलगायतका एक दर्जनभन्दा बढी जातका कन्दमुलहरुको बीउ संरक्षण र खेती विस्तारको काम हुंदै आएको जनाइएको छ ।

करिव ७ हेक्टर क्षेत्रफलमा फैलिएको यस केन्द्रमा उत्पादन भएका कन्दमुल तरकारी तथा कन्दमूलको बिक्री वितरणबाट पर्याप्त आम्दानी पनि भइरहेको छ ।