२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राप्रपाको चियापानमा प्रधानमन्त्रीदेखि सभामुखसम्म उपस्थित


247
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा अयोजना गरेको चियापान समारोहमा शिर्ष नेताहरुले उपस्थिति जनाउनुभएको छ ।

शुक्रबार पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित चयापान समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपसभामुख इन्दिरा राना, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा राप्रपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । बिहान ११ बजे भृकुटीमण्डपबाट ¥याली निकालेर सिंहदरबार अगाडिको पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेर पुनः भृकुटीमण्डपमा पुगेपछि चियापान कार्यक्रम सुरु भएको थियो ।