
धनकुटा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धरानबाट धनकुटासम्म एकिकरण पदयात्रा गरिएको छ ।
नेपाली सेनाको भिमदल गण सल्लेरीको आयोजनामा धरानको फुस्रेबाट धनकुटाको साँगुरीगढीसम्म पदयात्रा गरिएको हो ।
पृथ्वीनारायण शाहले तत्कालिन सैनिक कमाण्डर अभिमानसिंह बस्नेतको नेतृत्वमा साँगुरीगढीमा गोर्खाली फौज पठाई त्यहाँबाट उत्तर र पूर्वतर्फ एकीकरण अभियानको सुरुवात गरेको सम्झनामा सेनाले हरेक वर्ष पुष २७ गते पदयात्रा आयोजना गर्दै आएको छ ।
पद यात्रामा नेपाली सेनाको पूर्वि पृतनाका पृतनापती उपरथी आशबहादुर तामाङ्गले पुर्खाको योगदान भुल्न नहुने बताउनुभयो । यस्तै, साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले पदयात्रालाई इतिहास र पर्यटनसँग जोड्नु पर्ने बताउनुभयो । पद यात्रामा धनकुटा र धरानका पर्यटन तथा होटल व्यावसायी, पत्रकार र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्