
ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले आयोजना गरेको अन्तर प्रदेश स्थानीय तहस्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इलामको माङसेबुङ गाउँपालिकाले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा आयोजक मानेभञ्ज्याङलाई २–१ गोल अन्तर हराउँदै माङसेबुङले उपाधि उचालेको हो ।
उपाधिसँगै माङसेबुङले ५ लाख नगद, २ दशमलब ५ तोला सुन र २ सय १५ तोला चाँदी मिश्रित रनिङशिल्ड प्राप्त गरेको छ ।
उपविजेता मानेभञ्ज्याङले ३ लाख नगरमा चित्त बुझाएको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेका तेह्रथुमको लालीगुराँस नगरपालिका र ओखलढुंगाकै सिद्धिचरण नगरपालिकाले एक एक लाख रूपैयाँ पाएका छन् । माङसेबुङका प्रविण साङपाङ म्यान अफ द म्याच भए ।
कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले विजेताहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रतियोगिता हरेक २ वर्षमा सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्