
web pic
काठमाडौं । बागलुङमा भएको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्