
हुम्ला । हिमाली जिल्ला हुम्लामा अत्याधिक चिसो बढेसँगै जनजिवन प्रभावित भएको छ ।
चिसो बढेसँगै जिल्लाका १ सय ५१ वटा विद्यालय बन्द गरिएको छ ।
अत्याधिक चिसो बढेको र वार्षिक परिक्षा पनि सम्पन्न भएकोले डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन् ।
जसका कारण १८ हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । जिल्लाका कुल विद्यालयमा १ सय ४६ वटा सामुदायिक, एउटा धार्मिक र चार वटा संस्थागत विद्यालय रहेको शिक्षा विकास तथा समन्वय समितिले जनाएको छ । यी सबै विद्यालय फागुन २ गतेबाट सञ्चालन गर्ने गरी बन्द गरिएको छ ।
जिल्लाका सात वटा गाउँपालिका नाम्खा गाउँपालिकाका १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगार्डमा ३२, चंखेलीमा २२, अदानचुलीमा १९ वटा र ताँजाकोटमा १६ वटा विद्यालय छन् ।
चिसो बढेकाले जिल्लामा हिउँदे बिदा दिने नियमअनुसार गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्