
पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-३ आरुबोटको पेकुवामा खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ परेका छन् ।
तुम्बेवा– ५ का असफल भनिने नरोध्वज कुरुम्बाङ श्रीमतीको हत्या आरोपमा शनिबार बिहान पक्राउ परेका हुन् ।
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरि सासु र छिमेकीलाई गम्भिर घाइते बनाएर उनी फरार भएका थिए ।
ससुराली घरमा खुकुरी प्रहारबाट उनकी श्रीमती गोमा फियाकको मृत्यु भएको थियो भने सासु कान्छीमाया फियाक र छिमेकी मेहन्द्र श्रेष्ठ घाइते भएका थिए । उनीहरुको विएण्डसी अस्पताल विर्तामोड झापामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्