
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा सहमति नजुटेका विषय बहुमतीय प्रक्रियाबाट टुंगो लगाउने विकल्पमाथि छलफल भएको थियो । यही विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकबाट निर्णय हुनसक्ने बुझिएको छ । साथै आगामी संसद अधिवेशनबाट सरकारले टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी समेत गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्