२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


ओखलढुंगाका सुनुवार समुदाय जातीय झाँकी संरक्षणमा जुट्दै


247
Shares

ओखलढुंगा । ओखलढुंगाको लिखु नदी किनार र आसपासमा बसोबास गर्ने सुनुवार समुदाय आफ्नो जातीय झाँकी संरक्षणमा जुटेका छन् ।

उनीहरुले यस क्षेत्रमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा सुनुवार जातिको परम्परा र रीतिरिवाज झल्काउने झाँकी प्रस्तुत गर्दै आएका छन् ।

विशेषगरी चण्डी पूर्णिमामा देखाइने यस्तो झाँकी अहिले अन्य बेला पनि प्रस्तुत गर्न थालिएको छ । जातीय पोसाकमा सजिएर शिकारी जीवनलाई जस्ताको तस्तै झाँकीको माध्यमबाट सुनुवार समुदायले प्रस्तुत गर्दै आएका छन् ।

ढोल, झ्याम्टा, धनुष वाण, स्याउला, थुन्चे आदि लिएर नाच्दै र गाउँदै झाँकी प्रस्तुत गर्ने चलन रहेको लिखु गाउँपालिका ९ वाच्पुका स्थानीय मित्रबहादुर सुनुवारले बताउनुभयो । सामुहिक रुपमा देखाइने झाँकी प्रदर्शनका लागि अहिले धेरै माग आउने गरेको उनीहरुको भनाइ छ ।