
काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ ।
सोमबार माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन् ।
सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म ¥याली समेत गरिएको हो । मेलामा माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले भmकिझकाउ बनाएको थियो ।
मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएको छ । माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु समुदायमा प्रस्तुत गर्ने गरिन्छ ।












प्रतिक्रिया दिनुहोस्