
काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने क्रममा अत्यधिक भीड बढ्दा फलामको गेटले च्यापिएर १६ जना घाइते भएका छन् ।
थारू र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा सहभागी हुन गएकाहरू भीड अत्यधिक भएपछि ठेलमठेल हुँदा गेट भत्किएको थियो ।
फलामको गेट भत्किएर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । एसपी ढुंगेलका अनुसार घाइतेहरु मध्ये अधिकांश महिला रहेका छन् भने उनीहरुको अवस्था खतरामुक्त रहेको छ ।
दुई वटा समुदायको कार्यक्रम एकै स्थानमा हुँदा अत्यधिक भीड जम्मा भएको थियो भने टुँडिखेल, सुन्धारा, रत्नपार्क, नयाँ सडक, पुरानो वसपार्क, जमल क्षेत्रमा दिनभर ट्राफिक ब्यवस्थापन दिनभर अस्तब्यस्त बनेको थियो । दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा व्यवस्थापनको कमजोरी देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्