२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


आयातित सामाग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलमा नेपाली सामान बिक्दैनन् : निर शाह


234
Shares

काठमाडौं । कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन् ।

मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कलाकार शाहले यस्तो बताउनुभएको हो । उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए ।

निर शाहले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति रहेको बताए । उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए ।

अग्रज कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए ।