
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् ।
मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरुले प्रतिष्पर्धा गर्नसक्ने बताए । उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरुले अहिले पहल गरिरहेको बताए । चलचत्रि निर्माणका लागि आवश्यक सामाग्रीहरु ल्याउने वातावरण नरहेको अध्यक्ष केसीको गुनासो रहेको छ ।
अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्