
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको आज बैठक बस्दैछ ।
बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो तीन बजे बस्ने सचिवालयले जनाएको छ ।
आज बस्न लागेको बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुने बताइएको छ ।
यस्तै आर्थिक तथा प्रशासनिक नियमावली, केन्द्रीय अनुशासन आयोगले प्रस्ताव गरेको आचार संहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, विभाग तथा केन्द्रीय सदस्यहरुलाई विभिन्न ऐनको संशोधन प्रस्तावको तयारी लगायतका एजेन्डामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्