
काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन एवं वितरण गरिएको प्रष्ट पारेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरेर माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको हो । मन्त्रालयले पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने जनाएको छ ।
बिस्तारै सफा पानी आउने भएकाले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न भन्दै मन्त्रालयले मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकाय सबैमा अपिल गरेको छ ।
२०७८ असारमा आएको बाढीले मेलम्ची खानेपानीको मुहान क्षेत्र बगरमा परिणत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्