
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सकरारले खेलकुदको भौतिक पूर्वाधारहरु तिब्र गतिमा अघि बढाउन नसकेको बताउनुभएको छ ।
बुधबार ललतिपुरमा आयोजित १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उद्घाटन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
रक्षामन्त्री खड्काले विगतका कमी, कमजोरीबाट पाठ सिकेर खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपालको खेलकुद विकास, खेलाडीको उन्नतिका लागि प्रोत्साहित गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संघ, प्रदेश र स्थानीय तहले आफ्ना श्रोतलाई खेलकुद विकास र खेलाडीको संरक्षणमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले खेलाडीमा थप लगानी गर्ने प्रतिवद्धता जनाउनुभयो ।
मन्त्री खड्काले खेलाडीहरुको सेवा सुविधा बढाउन एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्