
काठमाडौं । गायक यम बरालको गीत ‘साथी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बुधबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।
गीतमा साथीबीचको प्रेम भाव र साथीको सम्मानलाई देखाइएको छ । कार्यक्रममा बोल्दै गायक बरालले गीतले साथी र साथीत्वको मर्मलाई उजागर गरेको बताए ।
गीतको म्युजिक भिडियोमा सञ्जीत भण्डारी र मेघ सुवेदीको अभिनय रहेको छ । गीतमा यम बराल र विश्व नेपालीको स्वर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्