२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


शेयर बजारमा १२ अंकको करेक्सन


143
Shares

काठमाडौं । शेयर बजारमा करेक्सन आएको छ ।

मंगलबार करिब ५५ अंकले बढेको बजार बुधबार १२ अंकले घटेको हो ।

दिनभर उतार चढावकाबीच २२ सय १५ सम्म पुगको बजार १२ अंकले घटेर २१ सय ६३ मा बन्द भएको हो ।

कारोबार रकम भने मंगलबारको तुलनामा बुधबार झन् बढेको छ । बुधबार विभिन्न कम्पनीहरुको ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा खरिद बिक्री भएको हो ।

बुधबार अकिकांश उपसुचक ओरालो लाग्दा अन्य समूहमा १ प्रतिशत बढीको बृद्धि आयो भने बाणिज्य बैक, विकास बैक र लघुवित्त समूहमा सामान्य अंकको सुधार आएको छ ।

बुधबार वित्त समूह सबैभन्दा बढी ३ प्रतिशतले ओरालो लाग्यो भने जलविद्युत समूहमा पनि दुई प्रतिशत बढीले गिरावट आयो । बुधबार ६३ वटा कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १ सय ८० कम्पनीको मूल्य घटेको छ ।

घटेको बजारमा पनि ग्लोबल आइएमई लघुवित्तिय वित्त संस्था, नेपाल वेयरहाउस कम्पनीका शेयर भने सकारात्मक सर्किट लेवलमा कारोबार भए ।