
काठमाडौं । २३औं सशस्त्र प्रहरी दिवसको अवसरमा नेपाली सेना र सशस्त्र प्रहरीबीच आयोजित फुटबल प्रतियोगितामा नेपाली सेना विजयी भएको छ ।
सशस्त्र प्रहरीको हलचोकस्थित फुटबल मैदानमा ३५ वर्ष भन्दा माथिका वरिष्ठ अधिकृत तथा अधिकृतहरुबीच भएको मैत्रीपूर्ण प्रतियोगिता नेपाली सेनाको टोलीले शून्यका विरुद्ध दुई गोलले जितेको हो ।
खेलमा सशस्त्र प्रहरी टोलीको कप्तानी महानिरीक्षक राजु अर्याल र नेपाली सेनाको कप्तानी उपरथी सन्तोष कुमार ढकालले गर्नुभएको थियो । सशस्त्र महानिरीक्षक अर्यालले विजयी टिमका खेलाडीहरु, प्रशिक्षक र टिम म्यानेजरलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा महानिरीक्षक अर्याल र उपरथी सन्तोष ढकालले एकापसमा मायाको चिनो आदान–प्रदान समेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्