
फाइल तस्बिर
काठमाडौं । गौशाला-२६ को व्यक्तिगत गोपनीयता कायम नराखेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ ।
गत पुस २६ गते गौशाला-२६ ले दिएको जाहेरीका आधारमा गोपनीयता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला-२६ पीडित भएकी युवती हुन् । काठमाडौं जिल्ला अदालतले लामिछानेलाई उक्त मुद्दामा ८ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप ५ लाख तिर्नुपर्ने फैसला गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्