
एजेन्सी । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । थप दर्जनौं घाइते भएका छन् ।
गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५० जना घाइते भएको बताएको छ ।
योसँगै स्ट्रिपमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनकोे संख्या २४ हजार ४४८ र घाइतेहरूको संख्या ६१ हजार ५०४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्