
काठमाडौं । तेह्रथुममा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा झापाको मेची नगरपालिका–१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोक घर भएका २४ वर्षीय साधु श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । टिपरमा सवार तीन जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेहरुमा सङ्खुवासभाको मादी नगरपालिका–४ का ४० वर्षीय दिनेश तामाङ, झापाका २१ वर्षीय समीर चौधरी र उमेर नखुलेका विष्णु थामी छन् । घाइते थामीको अवस्था गम्भीर भएकाले थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
घाइते अन्य दुई जनाको वसन्तपुर अस्पतालमा उपचार भइरहेको छ । म्याङ्लुङ–वसन्तपुर सडकखण्डको काँडेबाट लसुन बजारतर्फ आउँदै गरेको को १ ख ५८२९ नम्बरको टिपर बुधवार साँझ दुर्घटनामा परेको हो ।
प्रतिक्रिया दिनुहोस्