
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
बिहीबार ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
मन्त्री भुसालले रैथाने बाली र पशुपंक्षीहरुको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले रैथाने बालीहरुको संरक्षण गर्न नसके निश्चित क्षेत्रमा राखेर संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उत्पादन बढी गर्ने बीउको प्रयोग गर्न नसके खाद्यान्न संकट निम्तिने बताउनुभयो । उहाँले खाद्य संकट र रैथाने बालीको संकटको समाधान गर्नुपर्ने बेला आइसकेको बताउनुभयो ।
मन्त्री भुसालले रासयनिक मलको प्रयोग घटाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्