८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


११औं किन्डर ओलम्पिकमा १७ सय सहभागी हुने


65
Shares

काठमाडौं । ११औं किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ ।

अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एशोसिएशन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ ।

यसपाली काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिनुभयो । दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिने छन् ।

प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतियोगताको नारा ‘जितभन्दा सहभागिता महत्वपूर्ण’ रहेको छ । एकताका अध्यक्ष विना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो रहेको उल्लेख गर्दै बालबालिकाहरुलाई रंगशालासम्म डो¥याउनु मुख्य उद्देश्य रहेका बताउनुभयो ।

सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महशुस गर्ने आयोजकको विश्वास छ । सहभागि खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ ।