
काठमाडौं । सेतो मच्छिन्द्रनाथको महास्नान बिहीबार सम्पन्न भएको छ ।
काठमाडौंको जनबहालमा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई कमलको पूmलको आसनमा राखेर विधिपूर्वक महास्नान गराइएको हो ।
जिवित देवी कुमारीको उपस्थितिमा मूर्तिमा पञ्चामृत, दूध र जलले महास्नान गराउने गरिन्छ ।
महास्नान अघि मूल पुजारीले पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा समेत गर्ने चलन छ ।
भोलिदेखि मूर्तिलाई घाममा राखेर मर्मत र रंगरोगन गरिन्छ । यसका लागि मैह्पी डाँडोबाट माटो र सुनचाँदी मिसाएर रंगरोगन गरि पूर्णिमाको दिनसम्म दश कर्म संस्कार गर्ने परम्परा रहेको छ ।
यसैबीच खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली नाच पनि आजैदेखि शुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्