
काठमाडौं । अफ्रिका कप अफ नेशन्स फुटबलमा नाइजेरियाले आइभोरी कोष्टलाई १–० ले हराएको छ ।
आइभोरी कोष्टमा बिहीबार राति भएको खेलमा घरेलु टोलीलाई हराउन नाइजेरियाका ट्रूट इकङले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
गएराति भएको अर्को खेलमा इक्वेटोरियल गिनियाले गिनी बिसाउलाई ४–२ ले पराजित ग¥यो । यो जितसँगै इक्वेटोरियल गिनीयाले २ खेलबाट ४ अंकसहित समुह ए मा अग्रता लिएको छ ।
समान ४ अंक जोडेको नाइजेरिया दोस्रो स्थानमा छ भने आयोजक आइभोरी कोष्टको ३ अंक छ । अफ्रिका कप फुटबलकै अर्को खेलमा गएराति घानाले इजिप्टसँग २–२ गोलको बराबरी खेलेको छ ।
प्रतिक्रिया दिनुहोस्