
काठमाडौं । हुन्डी र अवैध सुन कारोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् ।
राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार राति नरेश अग्रवालसहित तीनजनालाई हुन्डी र सुन कारोबारको आरोपमा पक्राउ गरेको हो ।
क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर नगदसहित पक्राउ गरिएको विभागले जनाएको छ ।
पक्राउ परेका अग्रवाल कपडा व्यवसायी पनि हुन् । अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्