
काठमाडौं । कोका-कोला वेभरेज नेपालले बालाजु पार्कको बाइस धाराको पुनरुत्थानका लागि ग्राउन्ड वाटर रिचार्ज सम्बन्धि परियोजनाहरू ल्याएको छ ।
परियोजनाले बाइसधारा-बालाजु पार्कमा रहेका सुकेका ढुङ्गे धाराहरूलाई पुन प्रयोगमा ल्याउन मद्दत गर्ने छ ।
परियोजनाले वन र पार्क क्षेत्रबाट वार्षिक ३० हजार के.एल पानी पुनःपूर्ति गर्ने लक्ष्य राखेको छ जसले शहरी पानीको बढ्दो मागलाई सम्बोधन गर्न सहयोग पुग्ने छ ।
परियोजनाको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले परियोजनाले जमिनमा खेर जाने पानी रिचार्ज गर्न सहयोग पुग्ने बताउनुभयो ।
बढ्दो पूर्वाधार विकासका कारण जमिनमा पानी जान अवरुद्ध हुने समस्या बढ्दै गइरहेकोले जमिनको पानी रिचार्ज गर्न परियोजनाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्