२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्व बैंकका प्रतिनिधि जेर्वोस र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठबीच भेटवार्ता


52
Shares

काठमाडौं । नेपाल, माल्दिभ्स र श्रीलंका विश्व बैंकका प्रतिनिधि फेरिस हदाद जेर्वोसले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गर्नुभएको छ ।

आयोगको कार्यालयमा भएको भेट वार्तामा विश्व बैंकका कन्ट्री पार्टनरसीप फ्रेमवर्क र नेपालको १६औं विकास योजनाबीच कसरी तादाम्यता मिलाउने भन्ने विषयमा छलफल भएको थियो ।

उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औं योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रीत हुने बताउनुभयो ।

श्रेष्ठले विकासका लागि भएका संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औं योजनाले विशेष ध्यानदिने बताउनुभयो ।