१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार


1.547k
Shares

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको हो ।

महानगरको स्वास्थ्य बिभागका कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै मेयर बालेन साहले सचिव अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउनुभएको थियो ।

सो विषयलाई लिएर मेयर साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको छ ।