१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कतारले नेपालको आर्थिक-सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ : मन्त्री आचार्य


91
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले मित्र राष्ट्र कतारसँग नेपालको गहिरो सम्बन्ध रहेको बताउनुभएको छ ।

रोजगारीको शिलशिलामा त्यहाँ पुगेका नेपालीहरुका कारण पनि दुई मुलुकबीचको सम्बन्धमा समुदायस्तरमै प्रगाढ रहेको मन्त्री आचार्यको भनाई थियो ।

शुक्रबार काठमाडौंको महाराजगञ्जमा निर्माण गरिएको अल-हैल व्यवसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री आचार्यले कतार सरकार र त्यहाँको कतार च्यारिटीले नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा समेत गर्नुभयो ।

हालसालै तराईका जिल्लाहरुमा कतार च्यारिटीले वितरण गरेको न्यानो कपडाको प्रसंग उल्लेख गर्दै मन्त्री आचार्यले कतारले नेपालका गरिव जनताको हितमा बलियो साथ दिइरहेको बताउनुभयो ।

मन्त्री आचार्यले विभिन्न व्यवसायिक तालिम दिने प्रयोजनका लागि निर्माण गरिएको सो भवनले नेपाली युवाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्नका लागि ठूलो योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गर्नुभयो ।