
काठमाडौं । लडेर मस्तिष्कघात भएकी संखुवासभा च्याम्ताङकी फुपुलामु भोटेलाई संखुवासभा समाज अमेरिकाले सहयोग गरेको छ ।
काठमाडौमा एक कार्यक्रमका बीच संखुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठले भोटेलाई एकलाख १६ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । आर्थिक अवस्था अत्यन्त कमजोर भएपछि भोटेको उपचारमा समस्या हुँदै आएको थियो ।
त्यसैगरी च्यामताङ–काठमाडौ कल्याण समाजलेसमेत भोटेको उपचारमा सहयोग पुर्याउने उद्देश्यले संकलन गरेको २६ लाख ५२ हजार रुपैयाँ प्रदान गरेको अध्यक्ष पेम्बा भोटेले बताउनुभयो ।
पाँच वर्षअघि श्रीमान बितेपछि भोटेलाई आफ्ना तीन बालबच्चा पाल्न समेत समस्या पर्दे आएको थियो । उन्को हेलिकोप्टरबाट काठमाडौमा ल्याएर उपचार भइरहेको छ ।
संखुवासभा समाज अमेरिकाकी अध्यक्ष श्रेष्ठले सामाजिक काममा समर्पित हुन पाउँदा खुशी लागेको बताउनुभयो । आगामी दिनमा समेत अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्ने उहाँले बताउनुभयो । अमेरिकामा बसेर पनि उहाँले यसअघिदेखि निरन्तर सहयोग गर्दे आउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्