२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनको आक्रमण, २७ जनाको मृत्यु


416
Shares

एजेन्सी । रुस नियन्त्रित क्षेत्र डोनेट्स्कमा युक्रेनी सेनाले गरेको गोलाबारीमा २७ जनाको मृत्यु भएको छ । घटनामा २५ जना घाइते भएका छन् । सो शहरको व्यस्त बजारमा युक्रेनले गरेको गोलाबारीमा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार गोलाबारीका कारण डोनेट्स्कका अधिकांश पसलहरु ध्वस्त हुनुका साथै शवहरु लडिरहेको अवस्थामा रहेका छन् ।

युक्रेनले डोनेट्स्क शहर आफनो भएको भन्दै रुस युक्रेनी जनताको जीवनका लागि जवाफदेही रहेको जनाएको छ । यता रुसी विदेश मन्त्रालयले भने डोनेट्स्कमा युक्रेनले गरेका आक्रमणलाई बर्बर आतंकवादीको संज्ञा दिएको छ ।